हङकङले नेपाललाई दियो ९५ रनको सामान्य लक्ष्य

हङकङले नेपाललाई दियो ९५ रनको सामान्य लक्ष्य


नेपालले टि२०आई त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा हङकङबाट ९५ रनको सामान्य लक्ष्य पाएको छ। नेपालका तीव्र गतिका बलरले उत्कृष्ट प्रदर्शन गर्दा हङकङ ९४ रनमा समेटिएको हो।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङ १९.३ ओभरमा ९४ रनमा अलआउट भएको हो। पहिलो बलमै कप्तानलाई गुमाएको हङकङ त्यसपछि लगातार विकेट खस्दा सामान्य स्कोरमा सिमित हुन पुग्यो।

हङकङका लागि मध्यक्रमका यासिम मुर्तजाले ३६ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले ठूलो स्कोर बनाउन सकेनन्। उनले ३६ बलमा २ चौका र १ छक्का प्रहार गरेका थिए। उनी अभिनाश बोहोराको ५० औँ टि २०आई विकेट बनेका थिए।

नेपालले आजको खेलमा कुनैपनि खेलाडी परिवर्तन गरेको छैन। नेपाल लगातार दोस्रो जितको सोचमा हुनेछ। नेपालले पहिलो खेलमा युएईलाई ७ विकेटले हराएको थियो।

Logo