एसिसी यू-१९ प्रिमियर कपमा नेपाल र जापान भिड्दै

एसिसी यू-१९ प्रिमियर कपमा नेपाल र जापान भिड्दै


मलेसियामा जारि एसिसी यू-१९ प्रिमियर कप क्रिकेटको पहिलो सेमिफाइनलमा नेपालले आज शनिबार जापानसँग प्रतिस्पर्धा गर्दैछ।

नेपालले मलेसियाको वाइएसडी युकेएम ओभलमा जापानसँग खेल्नेछ। नेपाल र जापानबीचको खेल नेपाली समय अनुसार बिहान ७:१५ बजे सुरु हुनेछ।

नेपाल समूह 'ए' को विजेता बन्दै अन्तिम चारमा पुगेको हो। जापानले समूह 'डी' को विजेता बन्दै नेपालसँगको भेट पक्का गरेको हो। नेपाल आज जापानलाई हराएर फाइनल पुग्ने योजनामा रहेको छ। जापान पनि नेपाललाई स्तब्ध बनाएर उपाधि नजिक पुग्न चाहन्छ।

समूह चरणमा नेपाल अपराजित रहेको छ। नेपालले पहिलो खेलमा इरानलाई २ सय ७४ रन र दोस्रो खेलमा बहराईनलाई ७ विकेटले पराजित गरेको थियो। यस्तै नेपालले समूह चरणको अन्तिम खेलमा साउदी अरबलाई ३ सय २ रनले हराएको थियो।

Logo