रोनाल्डोको गोलमा अल नासरको पूनरागमन जित

रोनाल्डोको गोलमा अल नासरको पूनरागमन जित


पोर्चुगिज भेट्रान फरवार्ड क्रिष्टियानो रोनाल्डोको दर्शनीय गोलसँगै अल नासरले साउदी प्रो लिगमा पूनरागमन जित निकालेको छ।

अल नासरले एक गोलले पछि परेको स्थिति उल्ट्याएर डमाक एफसीमाथि २-१ को पूनरागमन जित निकालेको हो। अल नासरको जितमा रोनाल्डोसँगै एन्डरसन टलिस्काले गोल गरे। डमाकका जर्ज केभिन एनकोउडोउको गोल सान्त्वना बन्यो।

अल एवल पार्क किङ साउद युनिभर्सिटी रियादमा शनिबार राति भएको खेलको पहिलो हाफको थप गरिएको चौथौ मिनेटमा जर्ज केभिन एनकोउडोउको गोलबाट अल नासर पहिलो हाफमा १-० ले पछि पर्यो।

त्यसपछि दोस्रो हाफमा अल नासरले पाँच मिनेटको अन्तरमा दुई गोल गर्दै पूनरागमन जित निकाल्न सफल भयो। ५२औँ मिनेटमा एन्डरसन टलिस्काले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए। ५६औँ मिनेटमा रोनाल्डोले करिव ३० यार्डमा प्राप्त फ्रिकिकमा दर्शनिय विजयी गोल गर्दै अल नासरलाई महत्वपूर्ण ३ अंक दिलाए।

यस जितसँगै अल नासरले आफ्नो अपराजित यात्रालाई १२ औँ खेलसम्म लम्ब्याएको छ। १९ अगस्ट २०२३ मा अल ताओनसँग २-१ ले पराजित भएयता अल नासरले आर भोगेको छैन। जसमा ११ जित र १ बराबरीको नतिजा छ।

यस जितले अल नासर १० खेलबाट २२ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ। समान २२ अंक भएपनि अल एहेली गोलअन्तरमा पछि छ। अल नासर शीर्षस्थानको अल हिलालसँग ४ अंकले तथा दोस्रो स्थानको अल ताओनसँग १ अंकले पछि छ। पराजित डमाक १० खेलबाट १० अंकसहित ११औँ स्थानमा छ।

Logo