आशिफको अर्धशतक र दिपेन्द्रको सानदार फिनिसिङमा नेपालको रोमाञ्चक जित

आशिफको अर्धशतक र दिपेन्द्रको सानदार फिनिसिङमा नेपालको रोमाञ्चक जित


ओपनर आशिफ शेखको अर्धशतकमा घरेलु टोली नेपालले त्रिकोणात्मक टि२०आई सिरिजको अन्तिम लिग खेलमा युएईविरुद्ध जित हात पारेको छ । सोमबार भएको खेलमा नेपालले युएईमाथि ५ विकेटको जित दर्ता गरेको हो । 

मुलपानी क्रिकेट मैदानमा युएईले जितका लागि दिएको १६५ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको हो । नेपालका लागि ओपनर आशिफले ६२ रनको महत्वपूर्ण अर्धशतक बनाए । त्यस्तै, कप्तान रोहितकुमार पौडेलले ४७ रन जोडे । रन चाहिएको दबाबमा ठूलो सट खेल्दा उनी क्याच आउट भएर अर्धशतकबाट चुके ।

त्यसबीच अलराउण्डर दिपेन्द्रसिंह ऐरीको सानदार फिनिसिङ रह्यो । १५ बल खेलेका उनले ६ चौका र एक छक्का प्रहार गर्दै ४० रन बनाए । 

त्यसअघि नेपालले २ ओभरमै ३ विकेट गुमाएको थियो । तेस्रो विकेटको रुपमा नेपालका विष्फोटिङ ब्याटिङ गर्ने कुशल मल्ल शून्य रनमै आउट भएका हुन् । उनले यसअघि हङकङविरुद्ध ४१ बलमै ९२ रनको सानदार इनिङ खेलेका थिए । पहिलो ओभरको चौथो बलमा ओपनर कुशल भुर्तेलले एक रनमा आउट भए । उनी अशिफ खानको बलमा क्याच आउट भए । त्यस्तै, दोस्रो विकेटका रुपमा नेपालले सोमपाल कामीलाई गुमायो । उनी २ रनमा अकिज राजाको बकलमा ब्याच आउट भए । 

बलिङमा युएईका मुहम्मद जवदुल्लाहले २ विकेट तथा अकिफ राजा र जाहूर खानले १/१ विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६४ रन बनाएको थियो । युएईका लागि बसिल हमिदले विष्फोटिङ ब्याटिङ गर्दै ४५ रन जोडे । १९ बल खेलेका उनले २ चौका र ५ छक्का प्रहार गरे । त्यस्तै, वृत्य अरविन्दले ४५ रन नै बनाए ।अशिफ खानले १८ रन जोड्दा खालिद शाहले १२ रन बनाए । अन्य खेलाडीले दोहोरो रन छुन सकेनन् ।  

बलिङमा नेपालका तीव्र गतिका बलर सोमपाल कामी र अविनाश बोहराले समान २/२ विकेट लिए । करण केसी र गुल्सान झाले १/१ विकेट लिए । 

नेपाल समूहको ३ खेल जित्दै फाइनलमा प्रवेश गरिसकेको छ । नेपालले पहिलो खेलमा युएईलाई ७ विकेटले हराएको थियो । हङकङलाई दुबै खेलमा नेपालले ६ विकेट र ७९ रनले हराएको थियो । योसँगै नेपाल लिग चरणमा अपराजित बनेको छ ।

अब सिरिजको फाइनल शुक्रबार टियु क्रिकेट मैदानमा हुनेछ । 

Logo