यू–१९ प्रिमियर कप फाइनलः यूएईविरुद्ध अर्जुन कुमाल र देव खनालको अर्धशतक

यू–१९ प्रिमियर कप फाइनलः यूएईविरुद्ध अर्जुन कुमाल र देव खनालको अर्धशतक


मलेसियाको बायोमास ओभलमा भइरहेको खेलमा देव खनालले यूएईविरुद्ध ५ चौंका र एक छक्काको मद्दतमा अर्धशतक बनाएका हुन् । यस्तै अर्जुन कुमालले यूएईविरुद्ध ४ चौंकाको मद्दतमा अर्धशतक बनाएका हुन् । उपाधिका लागि भिडिरहेका दुबै टोलीले यू–१९ एसिया कपमा स्थान पक्का गरिसकेका छन् । त्यस क्रममा नेपालले जापान र यूएईले सिंगापुरलाई सेमिफाइनलमा हराएको थियो । तेस्रो स्थानका लागि भएको खेलमा सिंगापुरलाई हराएर जापानले पनि यू–१९ एसिया कपमा स्थान बनाएको छ ।

यू–१९ प्रिमियर कपको फाइनलमा नेपालले यूएईविरुद्ध टस जितेर ब्याटिङ रोजेको हो ।

Logo