बायर्नको जीतमा केन नायक

बायर्नको जीतमा केन नायक


ह्यारी केनले एक गोल गर्नुका साथै अर्को गोलका लागि अवसर सिर्जना गर्दा बायर्न म्युनिखले गालातासारेमाथि च्याम्पियन्स लिगमा ३–१ गोल अन्तरको सहज जीत हासिल गरेको छ।

खेलको आठौँ मिनेटमा किंग्सले कोमानले जर्मन च्याम्पियनलाई अग्रता दिलाएका थिए। तर, ३० औँ मिनेटमा अर्जेन्टिनी फरवार्ड माउरिसियो इकार्डीले पेनाल्टीबाट गोल गर्दै खेल बराबरी गरे।

दोस्रो हाफको ७३ औँ मिनेटमा केनले सहज ट्याप–इन गर्दै टोलीलाई पुनः अग्रता दिलाए। छ मिनेटपछि उनले जमाल मुसियालीका लागि गोलको अवसर सिर्जना गर्दै टोलीको जीत सुनिश्चित गरे।

प्रतियोगिताको समूह चरणमा बायर्नको यो लगातार १६ औँ जीत हो। तीन खेलमा तेस्रो जीत हासिल गर्दै टोली समूह एको शीर्ष स्थानमा रहेको छ। समूहमा गलातासारे दोस्रो र म्यानचेस्टर युनाइटेड तेस्रो रहेको छ।

Logo