मार्टिन र बाबरको विष्फोटिङ ब्याटिङमा हङकङले युएईलाई दियो विशाल लक्ष्य

मार्टिन र बाबरको विष्फोटिङ ब्याटिङमा हङकङले युएईलाई दियो विशाल लक्ष्य


हङकङले टी–२० आई त्रिकोणात्मक सिरिजमा युएईविरुद्ध विशाल लक्ष्य प्रस्तुत गरेको छ । 

मुलपानी क्रिकेट मैदानमा पहिला टस जित्दै हङकङले ब्याटिङ रोजेको हङकङले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २१२ रन जोडेको हो । हङकङका लागि ओपनर मार्टिनले सानदार अर्धशतकीय पारी खेले । उनले ५५ बलमा ८६ रन जोडे । त्यस्तै, बाबर हायातले विष्फोटिङ ब्याटिङ गर्दै २० बलमै ६० रन जोडे । सो क्रममा उनले ५ चौका र ५ छक्का प्रहार गरे । 

अन्सि राथले ४१ रन जोडे । 

नेपाल चारै खेल जितेर आठ अंक सहित शीर्षस्थानमा छ । युएईले एक खेल जितेर दुई अंकसहित दोस्रो स्थानमा छ। आजको खेल जितेमा वा बराबरी भएमा युएई फाइनलमा पुग्नेछ। हङकङले भने अहिलेसम्म खेलेका तीनै खेल हारेको छ। आजको खेल राम्रो रनरेटका आधारमा जितेमा मात्रै हङकङ फाइनलमा पुग्नेछ।

Logo