नेपाललाई छैटौँ झट्का, सन्दीप जोरा पनि आउट

नेपाललाई छैटौँ झट्का, सन्दीप जोरा पनि आउट


त्रिकोणात्मक टि–२० आई सिरिजको फाइनल खेलमा नेपालले यूएईविरुद्ध छैटौँ विकेट गुमाएको छ । छैटौँ विकेटका रुपमा नेपालले सन्दीप जोरालाई गुमाएको हो । यसअघि नेपालले दीपेन्द्र सिंह ऐरीलाई गुमाएको हो । 

अहिले क्रिजमा नेपालका लागि सोमपाल कामी ५ र गुल्सन झा ४ रन बनाएर ब्याटिङ गरिरहेका छन् । उत्कृष्ट सुरुवाट गरेको नेपालले कुशल भुर्तेलको एकल बिष्फोटक अर्धशतक ब्याटिङमा अहिले १२३ रन बनाएको छ । यूएईविरुद्ध अर्धशतक बनाउने क्रममा कुशलले २८ बल खेल्दै ६ चौंका र ३ छक्का प्रहार गर्न सफल भएका थिए । 

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल अहिले १६ ओभरमा ६ विकेट गुमाउँदै १३० रन बनाएर खेलिरहेको छ । नेपालका लागि कुशल भुर्तेल ५० रन, दीपेन्द्र सिंह ऐरी २० रन, रोहित पौडेल १८ रन, सन्दीप जोरा १० रन, आसिफ शेख ७ रन र कुशल मल्ल १ रन बनाएर आउट भए ।

नेपालको प्लेइङ ११ : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा र ललित नारायण राजवंशी ।

युएईको प्लेइङ ११ : मोहम्मद वासिम (कप्तान), एलिशान सराफु, आसिफ खान, बासिल हामिद, अली नासिर, आयन खान, जहुर खान, मोहम्मद जवादुल्लाह, जुनैद सिद्धिक अर्यांश शर्मा र वृत्य अरविन्द ।

 

Logo