सन्दीपले लिए सिंगापुरको दोस्रो विकेट

सन्दीपले लिए सिंगापुरको दोस्रो विकेट


आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत एसिया छनोटको खेलमा कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल र सिंगापुरबीच खेल भइरहेको छ। टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले दोस्रो विकेट गुमाएको छ।

सिंगापुरको दोस्रो विकेट नेपालका अनुभवी स्पिनर सन्दीप लामिछानेले लिएका छन्। उनले सिंगापुरका ब्याट्सम्यान सुरेन्द्रन चन्द्रमोहनलाई ६ रनको व्यक्तिगत स्कोरमा बोल्ड गरेका हुन्। सुरेन्द्रन आउट हुँदा ६.५ ओभरमा दुई विकेट गुमाएर ५२ रन बनाएको छ।

Logo