कुशल भुर्तेल भन्छन्- दिपेन्द्रको अवस्था हेर्दा नराम्रो लागिराको छ, तर सबैले राम्रो गरे टुर्नामेन्ट राम्रो हुन्छ [भिडियाे]

कुशल भुर्तेल भन्छन्- दिपेन्द्रको अवस्था हेर्दा नराम्रो लागिराको छ, तर सबैले राम्रो गरे टुर्नामेन्ट राम्रो हुन्छ [भिडियाे]


आईसिसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट क्रिकेटअन्तर्गत सिंगापुरमाथि सानदार जित हात पारेपछि नेपालका ओपनर कुशल भुर्तेलले पहिलो खेलमै राम्रो नतिजा आएकाले खुसी लागेको बताएका छन् ।

४६ बल खेल्दै सर्वाधिक ७४ रनको योगदान ओपनर भुर्तेलले आफूले गरेको प्रर्दशनप्रति खुशी भएको प्रतिक्रिया दिएका हुन‍् । खेल सकिएपछि सञ्चारकर्मीसँग उनले भने, ‘पहिला मूलपानीमा गरेको प्रर्दशनप्रति आफैंलाई चित्त बुझेको थिएन । आजको खेलमा मन्टीसर, रोहित सबैले म प्रति विस्वास र सपोर्ट गरेका थिए । खुशी छु ।’

उनले आसिफ शेख र आफ्नो पार्टनरसीप राम्रो रन बनाए पनि जारी छनोट खेलमा दिपेन्द्र सिंह ऐरिले चोटका कारण सहभागि हुन नसक्नेप्रति दुःख व्यक्त गरे । ‘दिपेन्द्रको अवस्था हेर्दा नराम्रो लाग्छ । हाम्रो लागि यो वर्षकै ठूलो र अन्तिम टुर्नामेन्ट थियो । नराम्रो लागिराको छ । तर, ऊ नभएपनि अरु सबै छन्, सबैले राम्रो गरे टुर्नामेन्ट राम्रो हुन्छ । जुन स्पिरिटमा आज खेल्याैँ भोलि पनि जारी रहन्छ ।’

जितपछि सिंगापुरविरुद्ध आजको खेलमा नेपाललाई २ विकेट दिलाएका बलर गुल्सन झाले आफ्नो बलरको भूमिकालाई शतप्रतिशत दिएर क्वालिफायरमा अझ राम्रो प्रदर्शन गर्ने बताए ।

समूह चरणको ए मा रहेका नेपाल र सिंगापुरबीचको किर्तिपुर मैदानमा आज बिहान भएको पहिलो खेलमा टस जितेर व्याटिङ गरेको सिंगापुरले दिएको १ सय ४६ रनको लक्ष्यलाई नेपालले १६.३ ओभरमा मात्रै २ विकेट गुमाएर पुरा गर्यो । 

एसिया छनोटमा एसियाका आठ देश सहभागी खेल १९ कात्तिकसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा समुह चरण ए र बी अन्र्तगत दुवै समूहबाट विजेता दुई टोली सेमिफाइनल पुग्नेछन् ।  

भिडियाेका लागि- https://fb.watch/n-eMBgjH-s/

Logo