आईसिसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा बहराइनले हङकङमाथि सानदार जित हात पारेको छ।
मुलपानी क्रिकेट मैदानमा भएको खेलमा १४७ रनको लक्ष्य पछ्याएको हङकङलाई बहराइनले ५ बल अगावै १२६ रनमा अलआउट गरेको हो।
बहराइनको जितपछि समूह ‘बी’को समीकरण रोमाञ्चक बनेको छ। पहिलो खेलमा यूएईसँग पराजित बहराइनले पहिलो जित निकाल्दा कुवेतलाई पहिलो खेलमा हराएको हङकङले पहिलो हार व्यहोरेको छ। बहराइन र हङकङको दुई खेलबाट समान २-२ अंक छ।





























प्रतिक्रिया