नेपाली खेलाडीलाई डिसहोमले पनि ल्यायो अफर, शतक र ५ विकेट लिनेलाई २० लाख दिने

नेपाली खेलाडीलाई डिसहोमले पनि ल्यायो अफर, शतक र ५ विकेट लिनेलाई २० लाख दिने


डिसहोम फाइवरनेटले पनि आइसिसी टि२० विश्वकप एसिया फाइनल क्षेत्र छनोटमा नेपाली खेलाडीका लागि नगदसहितको पुरस्कार योजना सार्वजनिक गरेको छ । 

बुधबार सामाजिक सञ्जालमार्फत डिसहोमले उक्त पुरस्कार योजना घोषणा गरेको हो । डिसहोमले घोषणा गरेको उक्त पुरस्कार योजनाअन्तर्गत नेपालले अब खेल्ने खेलहरुमा नेपाली खेलाडीले एकै खेलमा शतक र ५ विकेट लिए २० लाख रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै, शतक प्रहार गरेको खण्डमा डिसहोमले खेलाडीलाई १० लाख रुपैयाँ उपलब्ध गराउने छ । ५ विकेट लिएमा ५ लाख, अर्धशतकमा १ लाख, ३ विकेट लिएमा १ लाख, ३५ रनमाथि बनाए ५० हजार र ३ क्याचआउट गराए पनि ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

May be an image of text that says 'FIBERNET T201 MEN'ST20 WORLD QUALIFIER CUP यो मन ন मेरो नपाली हो अब इतिहास रच्ने पालो हाम्रो! एके Inning मा Century Wickets दुवे गरेमा Century गरेमा २० लाख Wickets लिएमा १০ लाख लाख Half-Century गरेमा 9 लाख ३ Wickets लिएमा ३५ Runs गरेमा ٩ लाख ३ Catches/ Stumpings गरेमा रु १० हजार ५० हजार हरेक Run, हरेक Catch, हरेक Wicket र हरेक Milestone मनाउँदै DH Fibernet परिवार d DishHome'

यसअघि अर्ना वियरले पनि नेपाली खेलाडीका लागि नगदसहितको पुरस्कार योजना सार्वजनिक गरेको थियो । उसले नेपालले खेल्ने खेलहरुमा प्रत्येक रन, चौका र छक्का र विकेट, क्याच गर्नेलाई नगद पुरस्कार दिएकाे छ ।  

हाल नेपालले एक खेलअगावै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ । नेपालले समहचरणको पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको थियो भने मलेसियामाथि ६ विकेटको सानदार जित दर्ता गरेको थियो । अब समूहको अन्तिम नेपालले ओमानसँग खेल्नेछ । त्यसपछि सेमिफाइनल र फाइनल हुनेछ । फाइनलमा पुग्ने २ टोलीले विश्वकपमा स्थान बनाउनेछन् । 

Logo