ओमानविरुद्ध नेपाललाई चौंथो सफलता, सोमपालले लिए दोस्रो विकेट

ओमानविरुद्ध नेपाललाई चौंथो सफलता, सोमपालले लिए दोस्रो विकेट

केन्द्रबिन्दु
0
Shares

ओमानविरुद्ध नेपाललाई चौंथो सफलता मिलेको छ । चौंथो सफलता लिने क्रममा सोमपालले शोएब खानको विकेट लिएका हुन् । शोएब खानले नेपालविरुद्ध रन पनि बनाउन सकेनन् ।  

टी—२० विश्वकप क्रिकेट प्रतियोगिताको अन्तिम चरणको छनोट खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको हो। कप्तान रोहित पौडेलले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ रोज्दै ओमानलाई ब्याटिङको निम्तो दिएका हुन्। ओमान अहिले ६ ओभरमा ४ विकेटको क्षतिमा ४० रन बनाएर खेलिरहेको छ ।  

नेपाल फाइनलमा स्थान बनाउँदै इतिहासमा दोस्रोपटक टी–२० विश्वकप खेल्ने लक्ष्यका साथ आज मैदान उत्रने छ । शुक्रबार हुने निर्णायक सेमिफाइनलमा नेपालले जीत हासिल गरेको खण्डमा नेपालले अमेरिका र वेस्ट इन्डिजमा अर्को वर्ष हुने विश्वकपको टिकट काट्नेछ । 

Skip This
Skip This
Logo