युएईविरुद्ध नेपालको सानदार बलिङ, सन्दीपले लिए तेस्रो विकेट

युएईविरुद्ध नेपालको सानदार बलिङ, सन्दीपले लिए तेस्रो विकेट


नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा युएईविरुद्ध सानदार बलिङ गरेको छ । 

माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको युएईविरुद्ध नेपालका स्पिनर सन्दीप लामिछानेले तेस्रो विकेट दिलाएका हुन् । उनले ९ ओभरको अन्तिम बलमा असिफ खानलाई १३ रनमा आउट गरेका हुन् । योसँगै युएईलाई तेस्रो झड्का लागेको छ । युएई हाल ३ विकेटको क्षतिमा ११ ओभरमा ७५ रन बनाएर खेलिरहेको छ ।  

राम्रो सुरुवात गरेको युएईविरुद्ध नेपालका तीव्र गतिका बलर सोमपाल कामीले एकै ओभरमा २ विकेट दिलाएका थिए । चौथो ओभरको चौथो बलमा सोमपालले आक्रामक इनिङ खेलेका कप्तान मुहम्मद वासिमलाई २६ रनमा क्याच आउट गराएका थिए । त्यसअघि चौथो ओभरको पहिलो बलमा खालिद शाहलाई उनले नै ३ रनमा रन आउट गरेका थिए ।

Logo