फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त ५० प्रतिशत रकम भूकम्प पीडितलाई दिने क्यानको घोषणा

फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त ५० प्रतिशत रकम भूकम्प पीडितलाई दिने क्यानको घोषणा

केन्द्रबिन्दु
0
Shares

नेपाल क्रिकेट संघले आइतबार हुने फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त ५० प्रतिशत रकम भूकम्प पीडितलाई दिने भएको छ। जाजरकोटलाई केन्द्रबिन्दु बनाएर  गएराती गएको भूकम्पमा परी ज्यान गुमाएका तथा घाइते परिवारलाई उक्त रकम दिइने क्यानले जनाएको छ।

‘आइसिसी टि २० विश्वकप २०२४ को एसिया छनौट अन्तर्गगत आइतबार हुने नेपाल र ओमानबिच फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त हुने रकमको ५० प्रतिशत रकम भूकम्प पीडितको सहयोगार्थ प्रदान गरिने घोषणा गर्दछौँ’ क्यानले भनेको छ। क्यानले मृतक प्रति हार्दिक श्रद्धाञ्जली तथा घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ। 

Logo