ओमानविरुद्ध गुल्सनले बनाए बिष्फोटक अर्धशतक

ओमानविरुद्ध गुल्सनले बनाए बिष्फोटक अर्धशतक


आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको फाइनल खेलमा ओमानविरुद्ध नेपालका गुल्सनले झाले बिष्फोटक अर्धशतक बनाएका छन् । अर्धशतक बनाउने क्रममा गुल्सन झाले २० बल खेल्दै ४ छक्का र ५ चौंका प्रहार गर्न सफल भए । 

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल अहिले १६ ओभरमा ४ विकेट गुमाउँदै १२८ रन बनाएर खेलिरहेको छ । 

नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । सन्दीप जोरा खेल्दा दीपेन्द्रसिंह ऐरी बेन्चमा छन् । नेपालले आज शुक्रबार राती जाजरकोट भुकम्प केन्द्रबिन्दुमा परि मृत्यु हुनेको सम्झनामा कालो पट्टी बाँधेर खेलेको छ ।

Logo