विश्वकपमा छनोट भएकाे नेपाली टाेलीलाई ५० लाख रुपैयाँ पुरस्कार दिने क्यानकाे निर्णय

विश्वकपमा छनोट भएकाे नेपाली टाेलीलाई ५० लाख रुपैयाँ पुरस्कार दिने क्यानकाे निर्णय

केन्द्रबिन्दु
0
Shares

नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकपमा छनोट हुन सफल नेपाली टोलीलाई ५० लाख रुपैयाँ पुरस्कार दिने भएको छ । सोमबार बसेको क्यानको केन्द्रीय कार्य समिति बैठकले उक्त निर्णय गरेको हो । 

आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा नेपालले युएईलाई ८ विकेटले हराउँदै २०१४ पछि पहिलो पटक टि२० विश्वकपमा स्थान बनाएको थियो । पछिल्लोपटक नेपालले सन् २०१४ को विश्वकप खेलेको थियो । त्यसयता भएका चार छनोटमा नेपाल छनाेट हुन असफल भएको थियो । पाँचौ प्रयासमा नेपाल युएईसँग बदला लिँदै सफल भएको भएकाे हाे ।

तर, उपाधि भिडन्तमा भने नेपाल ओमानसँग पराजित भएको थियो ।

साथै बैठकले एसिसी यू–१९ प्रिमियर कप जितेर एसिसी यू–१९ एसिया कपमा स्थान बनाउन सफल नेपाली टोलीका खेलाडीलाई जनही ५० हजार रुपैयाँ दिने पनि निर्णय गरेको छ ।

May be an image of text

Logo