च्याम्पियन्स लिगमा बार्सिलोना पराजित

च्याम्पियन्स लिगमा बार्सिलोना पराजित

केन्द्रबिन्दु
0
Shares

युरोपेली च्याम्पियन्स लिगमा समूह एचको खेलमा बार्सिलोना युक्रेनियन टोली शाख्तर डोनेत्सक सँग पराजित भएको छ।

बार्सिलोना १–० को गोल अन्तरले पराजित भएको हो। बार्सिलोनालाई दुई खेल अगावै अर्को चरण प्रवेश गर्न कम्तीमा बराबरी आवश्यक थियो। तर बार्सिलोनाले भने खेल बाट कुनै अंक हासिल गर्न सकेन। 

१०औँ मिनेटमा बार्सिलोना मिडफिल्डर इलकाय गुन्डोगानको बक्स बाहिर बाट लिएको प्रहारले पोस्टको दिशा लिन सकेन। १५औँ मिनेटमा शाख्तरका माटभियन्कोको प्रहार बार्सिलोना गोलरक्षक टर स्टेगनले बचाए। १६औँ मिनेटमा राफिन्हाको प्रहारले पनि गोलको दिशा लिन सकेन। 

४०औँ मिनेटमा शाख्तरले खेलमा अग्रता लियो। सुडाकोभको लङ्ग–रेन्ज स्विच पछि राइट–ब्याक गोचोलिशभिलीको राम्रो क्रसमा हेडर मार्फत गोल गर्दै ड्यानीलो सिकानले खेलमा आग्रह दिलाएका थिए।

५७औँ मिनेटमा फेरान टोरेसको प्रहारले पनि शाख्तर गोलरक्षक रिजनिकलाई दुःख दिन सकेन। एक मिनेट पछि गोचोलिशभिलीको प्रहार पनि टर स्टेगनले बचाए।

६७औँ मिनेटमा पेद्रीको क्रसमा लामिन यामालको हेडरले पनि पोस्टको दिशा लिन सकेन। न्यूवरटनले ८७औँ मिनेटमा शाख्तरको अग्रता दोब्बर बनाएका थिए। तर गोल अफसाइड दिइएका कारण मान्य भएन।

बार्सिलोनाले भने बराबरी गर्ने कुनै स्पष्ट मौका सृजना गर्न नसक्दा खेल सुम्पियो। यस्तै सोही समूह अन्तर्गत गएराति सम्पन्न अर्को खेलमा पोर्टोले रोयल एन्टवर्प लाई २-० ले हराएको छ।

हारपछि चार खेलमा ३ जित र १ हात बेहोरेको बार्सिलोना ९ अंक सहित पहिलो स्थानमा छ। ९ अंक नै रहेको पोर्टो दोस्रो रहँदा शाख्तरको ४ खेलमा ६ अंक रहेको छ। एन्तवर्प बिना कुनै अंक पुछारमा छ।

Logo