सुदूरपश्चिम प्रदेश सरकारले दीपेन्द्र, विनोद र सन्दीपलाई १६ लाख रुपैयाँ पुरस्कार दिने

सुदूरपश्चिम प्रदेश सरकारले दीपेन्द्र, विनोद र सन्दीपलाई १६ लाख रुपैयाँ पुरस्कार दिने

केन्द्रबिन्दु
0
Shares

सुदूरपश्चिम प्रदेश सरकारले आफ्ना प्रदेशका राष्ट्रिय क्रिकेटर तीन जना खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ।

मुख्यमन्त्री कमलबहादुर शाहले नेपाललाई टी-२० विश्वकपमा पुगाउन भूमिका खेलेको भन्दै दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी र सन्दीप जोरालाई प्रदेश सरकारले पाँच/पाँच लाख दरले पुरस्कार प्रदान गर्ने घोषणा गरेका हुन्।

शाहले दोस्रो किसान सहकारी लम्की जेसीज क्रिकेट कप २०८० को समापन समारोह गर्दै तीन जना खेलाडीलाई पुरस्कृत गर्ने घोषणा गर्दै राशिसमेत तोकेका हुन्। शाहले क्रिकेटर ऐरीलाई भने एसियाली खेलकुदमा विश्व रेकर्ड बनाएकाले थप एक लाख रुपैयाँ प्रदान गरिने बताएका छन् ।

Logo