तान्जनियाले दियाे नेपाललाई ११६ रनकाे लक्ष्य

तान्जनियाले दियाे नेपाललाई ११६ रनकाे लक्ष्य

केन्द्रबिन्दु
0
Shares

हङ्कङमा जारी चार राष्ट्र सम्मिलित महिला टी-२० क्रिकेट शृंखलामा बुधबार तान्जनियाले नेपाललाई जितका लागि एक सय १६ रनको लक्ष्य दिएको छ।टस जिती पहिले ब्याटिङको निणर्य लिएको तान्जनियाले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय १५ रन बनाएको हो। 

तान्जनियाका लागि आइसा मोहमदले २१ रनको योगदान गरिन्। हुद्दा ओमारीले २५ रन बनाइन्। उनले २६ बलको सामना गरी दुई चौका हिर्काइन्। उनी रन आउट भएर पेभेलियन फर्किएकी थिइन्। उनलाई अस्मिना कर्माचार्यले रन आउट गराएकी थिइन्। नेपालकी बलर संगिता राईले दुई तथा कप्तान इन्दू बर्मा, पूजा महतो र पूर्वकप्तान रुबिना क्षेत्रीले एक-एक विकेट लिए।

तान्जनियाको पहिलो विकेट नेपाली टोलीकी निवर्तमान कप्तान रुविना क्षेत्रीले लिएकी थिइन्। रुविनाले तान्जनियाकी ओपनर फातुमा किबासुलाई बोल्ड गरेकी थिइन्। तान्जनियाकी कप्तानसमेत रहेकी फातुमाले पेभेलियन फर्किनुअघि १५ बलको सामना गरी एक चौकाको मद्दतले ११ रन बनाएकी थिइन्। तान्जिनियाले ३.४ ओभरमा पहिलो विकेट गुमाउँदा १७ रन बनाएको थियो।

तान्जनियाको दोस्रो र तेस्रो विकेट नेपाली बलर संगिता राईले लिएकी थिइन्। संगिताले तान्जनियाकी ओपनर साउम मातेईलाई दोस्रो विकेटका रुपमा पेभेलियन फर्काएकी थिइन् । संगिताले उनलाई विकेटकिपर काजल श्रेष्ठद्वारा स्टम्पिङ गराएकी थिइन् । पेभेलियन फर्किनुअघि साउमले १६ रन बनाएकी थिइन् । उनले २५ बलमा एक चौका पनि हिर्काइन् । तान्जनियाले ९.३ ओभरमा दोस्रो विकेट गुमाउँदा ४२ रन बनाएको थियो ।

त्यसलगत्तै ९.५ ओभरमा संगिताले तान्जनियाको तेस्रो विकेट लिएकी थिइन् । उनले तान्जनियाकी मोनिका पास्कललाई कप्तान इन्दू बर्माद्वारा क्याच गराएकी थिइन् । मोनिकाले पेभेलियन फर्किनुअघि १८ बलमा १० रन बनाएकी थिइन् । मोनिका आउट हुँदा तान्जनियाले ४३ रन बनाएको थियो ।

तान्जनियाको चौथो विकेट कप्तान इन्दू बर्माले लिएकी थिइन् । इन्दूले तान्जनियाकी आइसा मोहमदलाई आफ्नो बलिङमा आफैले क्याच लिएर पेभेलियन फर्काएकी थिइन् । पेभेलियन फर्किनुअघि आइसाले २१ बलमा एक चौकाको मद्दतले २१ रन बनाएकी थिइन् । १४.३ ओभरमा उनी आउट हुँदा जान्तजियाले ७१ रन बनाएको थियो । 

तान्जनियाको पाँचौँ विकेटका रुपमा निमा पियुष पेभेलियन फर्किएकी थिइन् । रनआउट भई पेभेलियन फर्किनुअघि उनले ६ रन बनाएकी थिइन् । उनलाई कप्तान इन्दू बर्माले रन आउट गरेकी थिइन् । १५.५ ओभरमा उनी आउट हुँदा तान्जनियाले ८५ रन बनाएको थियो ।  

तान्जनियाको छैठौँ विकेट पूजा महतोले लिएकी थिइन् । उनले तान्जनियाकी पेरिस जाकायोलाई नौ रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएकी थिइन् । पूजाले पेरिसलाई बिन्दू रावलद्वारा क्याच गराएकी थिइन् । पेरिसले ६ बलमा एक चौका हिर्काएकी थिइन् । १८.२ ओभरमा पेरिस आउट हुँदा तान्जनियाले ९८ रन बनाएको थियो। 

Logo