अष्ट्रेलियाविरुद्ध भारत संकटमा, कोहली पनि आउट

अष्ट्रेलियाविरुद्ध भारत संकटमा, कोहली पनि आउट

केन्द्रबिन्दु
0
Shares

आइसिसी विश्वकप २०२३ को फाइनलमा अष्ट्रेलियाविरुद्ध भारतलाई ठूलो झड्का लागेको छ । 

नरेन्द्र मोदि स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले अर्धशतक प्रहार गरिसकेका विराट कोहलीलाई गुमाएको हो । उनी २८ ओभरको तेस्रो बलमा ५४ रन बनाउँदै आउट भएका हुन् । उनलाई अष्ट्रेलियाका कप्तान प्याट कमिन्सले बोल्ड आउट गरेका हुन् । कोहली जारी विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले ३ शतक बनाएका छन् । 

हाल भारत ४ विकेटको क्षतिमा १४८ रन बनाएर खेलिरहेको छ । 

यसअघि मिचेल स्टार्कको चौथो ओभरको दोस्रो बलमा शुभमन गिल ४ रनमा क्याच आउट भएका थिए ।  भारतले १०औं ओभरको चौथो बलमा कप्तान रोहित शर्मालाई गुमायो । उनी उनी ४७ रनमा क्याचआउट भए । उनले ३१ बलमा ४ चौका र ३ छक्का प्रहार गरेका थिए । उनलाई ग्लेन म्याक्सवेलले आउट गरेका हुन् । 

त्यस्तै, श्रेयस लेयर ४ रनमै आउट भए । यसअघि उनले सेमिफाइनलमा न्युजिल्याण्डविरुद्ध शतक प्रहार गरेका थिए । प्याट कमिन्सको १०औं ओभरको दोस्रो बलमा एज लागेर श्रेयस ४ रनमा क्याच आउट भएका हुन् ।

Logo