नेपाल र यमनबीचको खेल हेर्न जाँदै हुनुहुन्छ ? घर फर्किँदा निःशुल्क बसकाे सुविधा

नेपाल र यमनबीचको खेल हेर्न जाँदै हुनुहुन्छ ? घर फर्किँदा निःशुल्क बसकाे सुविधा

केन्द्रबिन्दु
0
Shares

फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एशिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले आज यमनसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ७ बजे खेल सुरु हुनेछ । 

फिफा वरीयतामा नेपालभन्दा यमन १७ स्थान माथि रहेको छ । नेपाल फिफा वरियतामा १७३औँ स्थानमा छ भने यमन १५६औँ स्थानमा रहेको छ । तर आज घरेलु मैदान र दर्शकका सामुन्ने यमनलाई पहिलो पटक हराउने नेपालको लक्ष्य छ। नेपालले यमनसँग अहिलेसम्म चार खेल खेलेकोमा चारवटै खेलमा हार व्यहोरेको छ । 

नेपाली टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेको आग्रहमा एन्फाले खेललाई साँझ ७ बजे सञ्चालन गर्ने लागेको जनाएको छ। सोमबार प्रशिक्षक अनेसेले ७ बजे खेल सुरु गर्दा कार्यालय समय सकेपछि घरेलु दर्शकको समर्थन नेपाली टोलीलाई हुने भन्दै समर्थनको लागि दर्शकलाई रंगशालामा आगन आग्रह गरे। 

यता, मंगलबारको लागि एन्फाले साँझ ७ बजे खेल राखेसँगै समर्थकहरुलाई घर फर्कन निःशुल्क बसको व्यवस्था पनि गरेको छ। यसका लागि टिकटको अर्धकट्टी भने देखाउनुपर्नेछ। दर्शकहरुको सुविधाका लागि उपत्यकाको विभिन्न ठाउँमा बसको व्यवस्था गरिएको प्रतियोगिता संयोजक दीपक खतिवडाले बताए।

‘हामीले दर्शकहरुलाई घर फर्कन बसको व्यवस्था गरेका छौँ। कति दर्शक उपस्थित हुनुहुन्छ त्यहि अनुसार बस संख्या निर्धारण हुन्छ। अहिलेलाई रंगशालाबाट सुन्धारातर्फ, टेकुतर्फ र थापाथलीतर्फ लाम लगाएर राख्ने योजना बनाएका छौँ,’ उनले भने।

Logo