टी-२० विश्वकप अफ्रिका छनोटः जिम्बावे युगान्डासँग पराजित

टी-२० विश्वकप अफ्रिका छनोटः जिम्बावे युगान्डासँग पराजित


आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत अफ्रिका छनोटमा जिम्बावेले दोस्रो हार व्यहोरेको छ। आइतबार भएको खेलमा जिम्बावे युगान्डासँग ५ विकेटले पराजित भएको हो । 

जिम्बावेले जितका लागि दिएको १३७ रनको लक्ष्य युगान्डाले १९.१ ओभरमा मात्र ५ विकेट गुमाउँदै पूरा गरेको हो । आइसिसी स्थायी सदस्य जिम्बावे यसअघि आयोजक नामिबियासँग ७ विकेटले पराजित भएकाे थियाे ।  

Logo