एस्टन भिल्लासँग टोटनह्याम स्तब्ध

एस्टन भिल्लासँग टोटनह्याम स्तब्ध

केन्द्रबिन्दु
0
Shares

इंग्लिस प्रिमियर लिग अन्तर्गत टोटनह्याम एस्टन भिल्लासँग स्तब्ध भएको छ। गएराती सम्पन्न खेलमा एस्टन भिल्लाले टोटनह्यामलाई २-१ गोल अन्तरले पराजित गरेको हो।

एस्टनभिल्लाले १-० गोलले पछि परेको अवस्थामा कमब्याक गर्दै खेल जितेको थियो।  एस्टन भिल्लाको जितमा पाउ टोरेज र ओली वाटकिन्सले एक एक गोल गरेका थिए।

त्यसैगरी टोटनह्यामका लागि गिओभानी लो चेल्सोले एक गोल गरेका थिए। यो जितपछि एस्टन भिल्ला प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ। भिल्लाको १३ खेलमा २८ अंक रहेको छ। त्यसैगरी टोटनह्यामको भने यस सिजनमा यो तेस्रो हार हो। १३ खेलमा टोटनह्यामको २६ अंक रहेको छ र लिगमा पाँचौं स्थानमा रहेको छ।

Logo