नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज पोखरा थण्डर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदैछ। यसअघि दुवैले आफ्नो पहिलो खेल जित्दै सुखद सुरुआत गरेका थिए। त्यही लयलाई कायम राख्दै लगातार दोस्रो खेल जित्ने लक्ष्यमा पोखरा र ललितपुर मैदानमा उत्रिँदै छन्।
ललितपुरले पहिलो खेलमा बुटवल-लुम्बिनी एफसीलाई २-० ले पराजित गरेको थियो। ललितपुरका लागि कप्तान तथा मार्की अनन्त तामाङ र दिनेश हेन्जनले गोल गरेका थिए।
उता पोखराले भने पहिलो खेलमा एफसी चितवनलाई १-० ले पराजित गरेको थियो। पोखराका लागि विदेशी खेलाडी मोसेसले गोल गरेका थिए। पोखरा र ललितपुरबीचको खेल आज साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सुरु हुनेछ।































प्रतिक्रिया