युगान्डा विश्वकप नजिक

युगान्डा विश्वकप नजिक

केन्द्रबिन्दु
0
Shares

युगान्डा आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्वकप नजिक पुगेको छ। नामिबियामा जारी आइसिसी टि-२० विश्वकपमा केन्यालाई ३३ रनले हराउँदै विश्वकप नजिक पुगेको हो।

बिहीबार युगान्डाले रवान्डालाई हराएको खण्डमा आफ्नो इतिहासमा पहिलो पटक विश्वकप खेल्नेछ। जिम्बावे छनोटबाट बाहिरिने उच्च सम्भावना भएको छ। जितको लागि १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको केन्या १९ ओभरमा १ सय २९ रनमा रन आउट भयो। केन्याका कोलिन ओबुयाले ३४, रकिब पटेल २६ र सचिनले २७ रन बनाए। युगान्डाका बिलाल हुसनले ४ ओभरमा ३९ रन खर्चेर ४ विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको युगान्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६२ रन बनाएको थियो। युगान्डाको जितमा ओपनर सिमोन स्सेसाजीले ५० बलमा ५ चौका र २ छक्कासहित ६० रनमा आउट भए। दीनेश नाकरानी २३ बलमा ६ चौकासहित ४० रनमा नट आउट रहे।

नामिबिया ५ खेलमा १० अंकका साथ शीर्षस्थानमा रहँदै विश्वकपमा पुगि सकेको छ। युगान्डा ५ खेलमा ४ मा जित र १ मा हारसहित ८ अंकका साथ दोस्रो स्थानमा छ। बिहीबार युगान्डा विजयी हुँदा १० अंकका साथ दोस्रो स्थानमा रहँदै विश्वकप खेल्नेछ। यदि युगान्डा पराजित भएको खण्डमा मात्रै जिम्बावेको विश्वकप सम्भावना खुल्नेछ। युगान्डा अन्तिम खेलमा पराजित हुँदा नेटरनरेटमा भरपर्नेछ।

जिम्बावे ५ खेलमा ३ मा जित र २ मा हारसहित ६ अंकका साथ तेस्रो स्थानमा छ। केन्या ५ खेलमा ३ मा जित र २ मा हारसहित चौथो स्थानमाछ। जिम्बावे र केन्याबीच बिहीबार खेल हुनेछ। यदि युगान्डा रवान्डासँग पराजित भएको खण्डमा मात्रै जिम्बावे विजयी हुँदा विश्वकपमा पुग्नेछ।

तर युगान्डा विजयी भएमा जिम्बावेको विश्वकप सम्भावना समाप्त हुनेछ। युगान्डाले रवान्डासँग १६ टि-२० आई खेल खेल्दा कुनैपनि खेल हारेको छैन। युगान्डाले यू-१९ विश्वकप २००४, २००६ र २०२२ मा खेलेको थियो। सिनियरमा भने हालसम्म कुनैपनि विश्वकप खेलेको छैन।

Skip This
Skip This
Logo