१६ औँ फेका कप बिहीबारदेखि काठमाडौँमा

१६ औँ फेका कप बिहीबारदेखि काठमाडौँमा

केन्द्रबिन्दु
0
Shares

स्वच्छ शैक्षिक प्रतिस्पर्धीहरुको संगठन (फेका) को १६ औँ फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिता बिहीबारदेखि आयोजना हुने भएको छ।

१० दिनसम्म सञ्चालन हुने प्रतियोगितामा २४ टिमले नकआउट पद्धतिमा प्रतिस्पर्धा गर्ने फेकाका सह–सचिव एवं कार्यक्रम संयोजक राजु दाहालले जानकारी दिएका छन्।

प्रतियोगितामा शीर्ष चार स्थान हात पार्ने टिमले क्रमशः ३० हजार, २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ। 

प्रतियोगिताको प्रत्येक खेलको ‘म्यान अफ द म्याच’,उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिड फिल्डर, फर्वाडर र प्रशिक्षकलाई समेत ट्रफी प्रदान गरिने छ। पुस १ गतेसम्म चल्ने प्रतियोगिताका सबै खेलहरु काठमाडौँको मूलपानी चौर खेल मैदानमा आयोजना हुनेछन्।

Skip This
Logo