लुटन टाउनमाथि आर्सनलको ४-३ को रोमाञ्चक जित

लुटन टाउनमाथि आर्सनलको ४-३ को रोमाञ्चक जित

केन्द्रबिन्दु
0
Shares

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आर्सनलले लुटन टाउनमाथि रोमाञ्चक जित हासिल गरेको छ। गएराती सम्पन्न खेलमा आर्सनलले लुटन टाउनलाई ४-३ गोल अन्तरले पराजित गरेको हो।

आर्सनलको जितमा खेलको इन्जुरी समयपछिको ९७ औँ मिनेटमा डेक्लान राइसले निर्णायक गोल गरेका थिए। यसअघि गाब्रियल मार्टिनेली, गाब्रियल जिसस र काइ हाभेर्टले एक एक गोल गरेका थिए।

त्यसैगरी लुटन टाउनका लागि गाब्रियल ओशो, एलिजाह अडेबायो र रोज बार्कलीले एक एक गोल गरेका थिए। यो जितपछि आर्सनलले लिगमा आफ्नो अग्रता बढाएको छ।

१५ खेलमा ३६ अंकसहित शिर्ष स्थानमा रहेको आर्सनल दोस्रो स्थानमा रहेको लिभरपुल भन्दा ५ अंकले अगाडी भएको छ।यद्यपी लिभरपुल एक खेल कम खेलेको छ। त्यसैगरी लुटन टाउनको भने १५ खेलमा ९ अंक रहेको छ र लिगमा १७ औँ स्थानमा छ।

Skip This
Logo