टोटेनहम पुन: अग्रता गुमाउँदा पराजित

टोटेनहम पुन: अग्रता गुमाउँदा पराजित

केन्द्रबिन्दु
0
Shares

सिजनको उत्कृष्ट सुरुवात गरेको टोटेनहम हट्सपरले इंग्लिस प्रिमियर लिगमा पुन: एकपटक अग्रता गुमाउँदा हार बेहोरेको छ। बिहीबार राती सम्पन्न लन्डन डर्बीमा टोटेनहम वेस्ट ह्यामसँग २-१ ले पराजित भएकाे हाे।

खेलमा क्रिस्टियन रोमेरोको गोलमा अग्रता लिएपनि टोटेनहमले दोस्रो हाफमा गोल खाएको थियो। घरेलु मैदानमा पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेको टोटेनहम दोस्रो हाफमा भने आफ्नै गल्तीले पछि परेको थियो।

११ औं मिनेटमा पेड्रो पोरोको कर्नरमा रोमेरोले हेडरमार्फत गोल गर्दा अग्रता दिलाए। दोस्रो हाफको सुरुवातमा जेरोड बोवेनले गोल गर्दै खेल बराबरीमा ल्याए। स्पर्सका दुई डिफेन्डरलाई लागेर आएको बल उनले गोल गरेका थिए।

७४ औँ मिनेटमा डिफेन्सकै गल्तीमा वेस्ट ह्यामले अग्रता लियो। डेस्टिनी उडोगीको फितलो ब्याक पासमा गोलरक्षक भिकारियो अघि आउन नसक्दा जेम्स वार्ड प्राउजले दोस्रो प्रयासमा गोल गरे।

यस नतिजासँगै वेस्ट ह्याम १५ खेलमा २४ अंकका साथ नवौं स्थानमा आएको छ। पाँचौ स्थानमा रहेको स्पर्सको १५ खेलमा २७ अंक छ। शीर्षस्थानको आर्सनलक १५ खेलमा ३६ अंक छ।

Skip This
Logo