पाकिस्तानविरुद्ध नेपालको खराव ब्याटिङ, कप्तान देव शून्यमै आउट

पाकिस्तानविरुद्ध नेपालको खराव ब्याटिङ, कप्तान देव शून्यमै आउट

केन्द्रबिन्दु
0
Shares

संयुक्त अरब इमिरेट्स (युएई)मा आजदेखि सुरु भएको एसिसी यु-१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले पाकिस्तानविरुद्ध खराव ब्याटिङ गरेको छ ।  

दुबईको आइसिसी एकेडेमी ओझल–२ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले तेस्रो विकेटको रुपमा कप्तान देव खनाललाई पनि सस्तैमा गुमाएको हो । उनी ११औं ओभरको चौथो बलमा शून्य रनमै आउट भए । १३ बल खेले तर, खाता खोल्न सकेनन् । 

हाल नेपाल १२ ओभरमा ३३ रन जोड्दा ३ विकेट गुमाइसकेको छ । 

यसअघि दोस्रो ओभरको दोस्रो बलमा पहिलो विकेटको रुपमा नेपालले ओपनर तिलक भण्डारीलाई ७ रनमै गुमाएको थियो । त्यसपछि क्रिजमा आएका आकाश त्रिपाठी पनि ६ रनमै आउट भए । आकाश २२ बलमा एक चौकाको मद्दतले ६ रन बनाउँदै आउट भए । उनलाई पाकिस्तानी बलर उबैद शाहले एलबीडब्लूको धरापमा पारेका थिए ।  

उक्त प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ । नेपालको समूहमा पाकिस्तान, भारत र अफगानिस्तान छन् । 

Skip This
Logo