यू-१९ एसिया कपमा आज अफगानिस्तानसँग खेल्दै नेपाल

यू-१९ एसिया कपमा आज अफगानिस्तानसँग खेल्दै नेपाल

केन्द्रबिन्दु
0
Shares

एसीसी यू–१९ एसिया कपमा आज नेपाली युवा टिमले अफगानिस्तानविरुद्ध चुनौती प्रस्तुत गर्दैछ।

प्रतियोगिताको सेमिफाइनल पुग्ने सम्भावनालाई कायम राख्न आज नेपाललाई जित्नै पर्ने दबाब छ। दुवै टिम आज पहिलो जितको खोजीमा छन्। यसअघि प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग सात विकेटले पराजित भएको थियो ।

यस्तै, अफगानिस्तान पनि पहिलो खेलमा भारतसँग सात विकेटले नै पराजित भएको थियो। दुबईस्थित आईसीसी एकेडेमी ओभल–२ मा हुने यो खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ। नेपालले समूह चरणको अन्तिम खेलमा मंसिर २६ गते मंगलबार भारतसँग खेल्नेछ। आईसीसी एकेडेमी ओभर-२ मा हुने यो खेल बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ।

समूह ‘ए’ मा नेपालबाहेक बाँकी तीन वटै देशले आईसीसीबाट टेस्ट राष्ट्रको मान्यता पाएका छन्। समूहका शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउनेछन्। दुवै सेमिफाइनल खेल मंसिर २९ गते हुनेछ । प्रतियोगिताको फाइलन खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पुस १ गते हुनेछ ।

Skip This
Skip This
Logo