क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आज

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आज

केन्द्रबिन्दु
0
Shares

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा सुनुवाइका लागि आज पेसी तोकिएको छ। जिल्ला अदालत काठमाडौँले पटक पटक सार्दै आएको मुद्दाको फैसलाको सुनुवाइको पेसी आजका लागि तोकिएको हो। 

सर्वोच्च अदालतले गत फागुनमा नै चाँडै फसला गर्न आदेश दिएकोमा पटक पटक सर्दै आएको पेसी आजका लागि पुन: तोकिएको हो।जिल्ला अदालत काठमाडौँले विभिन्न प्रमाणित कागजात माग गर्दै आएकोमा यसअघि कात्तिक २३ गते अदालतका न्यायाधीश केशव घिमिरेको इजलासले मंसिर २२ गतेसम्म बहस नोट माग्न आदेश गरेका थिए।

अदालतको आदेश बमोजिम दुवै पक्षका कानुन व्यवसायीले हिजो लिखित रुपमा बहस नोट बुझाइ सकेका छन्। गत कात्तिक २३ गते दुवै पक्षलाई मंसिर २२ गतेभित्र बहस नोट बुझाउन आदेश भएको थियो।

Skip This
Skip This
Logo