एनएसएलः झापा एफसीलाई हराएर शिर्ष स्थानमा उक्लिने दाउमा धनगढी

एनएसएलः झापा एफसीलाई हराएर शिर्ष स्थानमा उक्लिने दाउमा धनगढी

केन्द्रबिन्दु
0
Shares

काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज झापा एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुने भएको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलाइने खेल साँझ ५ बजेदेखि सुरु हुनेछ । जारी लिगमा आज दुवै टोलीले सातौँ खेल खेल्दैछन् । आजको खेलमा धनगढी चौथो जितको खोजीमा रहँदा झापा एफसी दोस्रो जित निकाल्ने योजनामा छ । धनगढी तीनमा जित र तीनमा बराबरीका साथ अपराजित रहँदै १२ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।

आजको खेल जितेको खण्डमा धनगढी शीर्षस्थानमा उक्लिने छ । पोखरा १४ स्थानका साथ शीर्षस्थानमा छ । यस्तै, झापा एफसी एकमा जित, चारमा बराबरी र एकमा हार बेहोर्दै ७ अङ्कका साथ पाँचौँ स्थानमा छ ।

Skip This
Skip This
Logo