म्यानचेस्टर सिटीले जित्यो फिफा क्लब विश्वकपको उपाधि

म्यानचेस्टर सिटीले जित्यो फिफा क्लब विश्वकपको उपाधि

केन्द्रबिन्दु
0
Shares

म्यानचेस्टर सिटीले फिफा क्लब विश्वकपको उपाधि जितेको छ।

गएराती सम्पन्न फाइनल खेलमा म्यानचेस्टर सिटीले ब्राजिलको क्लब फ्लुमिनेन्सेलाई ४-० गोल अन्तरले पराजित गर्दै पहिलो पटक क्लब विश्वकपको उपाधि जितेको हो।

म्यानचेस्टर सिटीको जितमा जुलियन अल्भारेजले २ गोल गरे भने फिल फोडेनले एक गोल गरेका थिए। त्यस्तै एक गोल फ्लुमिनेन्सेका निनोले आत्मघाती गोल गरेका थिए।

फिफा क्लब विश्वकपमा सात कन्फेडेरेसनका विजेता क्लब खेल्ने गर्दछन्। अहिलेसम्म क्लब विश्वकपको रियल म्याड्रिडले सबैभन्दा बढी ५ पटक जितेको छ भने बार्सिलोनाले ३ पटक जितेको छ। 

Skip This
Skip This
Logo