एस्टन भिल्ला र सेफिल्ड युनाइटेड बराबरीमा रोकिए

एस्टन भिल्ला र सेफिल्ड युनाइटेड बराबरीमा रोकिए

केन्द्रबिन्दु
0
Shares

इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ। 

शुक्रबार राति सेफिल्ड युनाइटेडसँग १–१ गोलको कठिन बराबरी खेल्दै १ अंक जोडेपनि शीर्ष स्थानको आर्सनलसँग अंक बराबरीमात्रै गर्न सफल भएकाे हाे।

हार नजिक पुगेको एस्टनलाई दोस्रो हाफको अतिरिक्त सातौं मिेटमा निकोलो जानिलोले उद्धार गरेका थिए।  उनले डग्लस लुइसको पासमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। ८७ औं मिनेटमा क्यामरन आर्चरले गुस्तोभो हामरको पासमा गोल गर्दै सेफिल्डलाई अग्रता दिलाएका थिए। 

तर त्यो अग्रता नजोगिदा सेफिल्ड पनि अंक बाँड्न बाध्य बन्यो। बराबरीपछि १८ खेलबाट ३९ अंक बनाउँदै एस्टन दोस्रो स्थानमा रहँदा सेफिल्ड युनाइटेड समान खेलबाट ९ अंकसहित पुछारबाट दोस्रो स्थानमा रहेको छ। 

एक खेल कम खेलेको आर्सनल ३९ अंकका साथ शीर्ष स्थानमा छ। आर्सनल र एस्टनको समान अंक भए पनि गोल अन्तरमा आर्सनल शीर्ष स्थानमा रहेको हो। प्रिमियर लिग अन्तर्गत (शनिबार) आज ६ वटा खेल हुने भएका छन्। 

एउटा खेल म्यानचेस्टर सिटी र ब्रेन्टफोर्डको भने स्थगित भएको छ। सिटी क्लब विश्कपका लागि साउदी अरेबियामा रहकाले यो खेल स्थगित भएको हो। क्लब विश्वकपको उपाधि भने सिटीले जितेको छ।

यस्तै, अन्य खेलमा सवा ६ बजे वेस्टह्याम र म्यानचेस्टर युनाइटेड आमने सामने हुँदा पौने ९ बजे फुलह्याम र बर्नले, लुटन र न्युक्यासल, नटिङघम फरेस्ट र बर्नमाउथ तथा टोटनह्याम र एभर्टन खेल्ने छन्। त्यस्तै सवा ११ बजे लिभरपुल र आर्सनल आमने सामने हुने छन्।

Skip This
Skip This
Logo