वीरगञ्ज एनएसएलकाे प्ले अफबाट बाहिरियो

वीरगञ्ज एनएसएलकाे प्ले अफबाट बाहिरियो

केन्द्रबिन्दु
0
Shares

नेपाल सुपर लिग (एनएसएल) फूटबलमा वीरगञ्ज प्ले अफ दौडबाट बाहिरिएको छ । 

शनिवार दशरथ रंगशालामा भएको खेलमा वीरगञ्ज युनाइटेड बुटवल लुम्बिनीसँग १–० गोल अन्तरको हारसँगै प्ले अफ दौडबाट बाहिरिएको हो । 

खेलको अतिरिक्त समयमा चन्दन दासले गरेको एकमात्र गोल नै वीरगञ्जलाई पराजित गर्न पर्याप्त बनेको हो । वीरगञ्जको हारसँगै त्यसको फाइदा ललितपुर, काठमाडौं र झापालाई पुगेको छ । वीरगञ्जको हारले ललितपुरले प्ले अफ स्थान लगभग स्थान पक्का भएको छ । 

वीरगञ्ज ८ अंकसहित तालिकाको आठौं स्थानमा रहेको छ । बुटवलले जित निकाल्दै तालिकाको पाँचौं स्थानमा रहेर लिग टुङ्गयाएको छ ।

Skip This
Skip This
Logo