एभर्टनमाथि म्यानचेस्टर सिटी ३-१ ले विजयी

एभर्टनमाथि म्यानचेस्टर सिटी ३-१ ले विजयी

केन्द्रबिन्दु
0
Shares

ईङ्ग्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले एभर्टनलाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले एभर्टनलाई ३-१ गोल अन्तरले पराजित गरेको हो।

म्यानचेस्टर सिटीले यस खेलको पहिलो हाफमा १-० गोलले पछि परेको अवस्थामा दोस्रो हाफमा कमब्याक गर्दै जित हासिल गरेको थियो।

म्यानचेस्टर सिटीका लागि फिल फोडेन, जुलियन अल्भारेज र बेर्नार्डो सिल्भाले एक एक गोल गरेका थिए। त्यस्तै एभर्टनका लागि ज्याक हारिसनले एक गोल गरेका थिए।

यो जितपछि म्यानचेस्टर सिटीको १८ खेलमा ३७ अंकसहित चौथो स्थानमा उक्लिएको छ। त्यस्तै एभर्टनको यो हारपछि १९ खेलमा १६ अंक रहेको छ र लिगमा १७औँ स्थानमा रहेको छ।

Skip This
Skip This
Logo