नेसनल क्रिकेट आइकन कुशल मल्ललाई

नेसनल क्रिकेट आइकन कुशल मल्ललाई

केन्द्रबिन्दु
0
Shares

संस्कृति इन्टरनेसनल स्कुलले ‘संस्कृति स्पोर्टस् सम्मान २०२३’ नेसनल क्रिकेट आइकन कुशल मल्ललाई प्रदान गरेको छ।

खेलकुद विधामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिभाशाली खेलाडीलाई प्रोत्साहन प्रदान गर्ने उद्देश्यले २०२२ मा स्थापना गरिएको अवार्ड यस वर्ष कुशल मल्ललाई प्रदान गरिएको हो । अवार्डको साथै मल्ललाई १ लाख १ हजार रुपैयाँ रकमको चेक पनि प्रदान गरिएको हो।

त्यस्तै, संस्कृति स्पोर्टस् सम्मान २०२३ कार्यक्रममा सोनी पाख्रिनलाई ५० हजार बराबरको ट्रेनिङ स्कलरशिप पनि प्रदान गरिएको छ। स्कलरशिप व्यावसायिक तालिम लिन नसक्ने देशभरका १९ वर्षमुनिका खेलाडीहरू मध्य १ जना योग्य क्रिकेटरलाई प्रदान गरिन्छ।

सोनी पाख्रिन हाल महिला राष्ट्रिय क्रिकेट टिममा आबद्ध छिन्। प्रशिक्षण पारस खड्काद्वारा सञ्चालित क्रिकेट एक्सिलेन्स सेन्टरमार्फत प्रदान गरिन्छ।

स्कुलका चेयरपर्सन रञ्जित आचार्यले भने, ‘संस्कृति सदैव आफ्ना विद्यार्थीहरुको समग्र विकासमा ध्यान दिँदै सामाजिक विकासमा पनि योगदान गर्न प्रतिवद्ध रहेको छ। वार्षिक रुपमा प्रदान गरिने यस संस्कृति स्पोर्टस सम्मानमार्फत हामीले राष्ट्रिय प्रतिभाहरुलाई सम्मान गर्दै आफ्ना विद्यार्थीहरुमा सामाजिक उत्तरदायित्वको बोध गराउने लक्ष्य राखेका छौँ। कुशल मल्ल र सोनी पाख्रिनलाई हार्दिक बधाई एवम् उज्ज्वल भविष्यको लागि हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौँ ।’

Skip This
Skip This
Logo