नेपाल पुलिस क्लब प्रो-क्लब च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। वीरगञ्जको नारायणी क्रिकेट रंगशालामा वान्डरस क्लब नोएडालाई ४ रनले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो।
आजै पहिलो सेमिफाइनलमा नेपाल आर्मीलाई पराजित गर्दै पर्सा ११ ले उपाधि भिडन्त पक्का गरिसकेको थियो। दोस्रो सेमिफाइनलमा पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित ओभरमा ७विकेट गुमाएर ११२ रन बनाएको थियो। जवाफमा नोएडाले निर्धारित ओभरमा ९ विकेट गुमाएर १०८ रन मात्रै बनायो।
पहिला ब्याटिङ गर्दा पुलिसका लागि ओपनर सुनिल धमलाले ३४ रन बनाउँदा मध्य क्रममा अर्जुन साउदे ४२ रनको महत्वपूर्ण पारि खेले। यसैगरी दिलिप नाथले १० रन बनाउँदा अरु कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाएनन्।
शंकर राना र करण केसीले ५-५ रन बनाउँदा आरिफ शेख र शेर मल्लले ४-४ रन बनाए। यसैगरी रासिदखानले १ रन बनाउँदा अमित श्रेष्ठ र सागर ढकालले खाता खोलेनन्। नोएडाका लागि अल्पित गुप्ताले २ विकेट लिँदा सञ्जीव चतुर्वेदी, दिवान्स रावत र ऋतिक भाटले एक एक विकेट लिए।
११३ रनको जवाफी लक्ष्यसहित मैदान उत्रिएको नोएडा निर्धारित ओभरमा ९ विकेट गुमाएर १०८ रनमा रोकियो। नोएडाका लागि बन्स बेदीले ४३ रन बनाउँदा कप्तान अल्पित गुप्ताले २० रनको नटआउट पारि खेले पनि जित दिलाउन असफल रहे।
यसैगरी उजिर मलिकले १२ रुन बनाउँदा सिद्धार्थ गोश्वामीले १३ रन जोडे। नेपाल पुलिस क्लबका सागर ढकालले ३ विकेट लिँदा रासिद खानले २ विकेट हात पारे। ललित राजवंशी र शेर मल्ले एक/एक विकेट लिएका थिए। फाइनल खेल शनिबार हुनेछ।





























प्रतिक्रिया