कोशी प्रदेश प्रधानमन्त्री कप महिला क्रिकेटको फाइनलमा

कोशी प्रदेश प्रधानमन्त्री कप महिला क्रिकेटको फाइनलमा

केन्द्रबिन्दु
0
Shares

कोसी प्रदेश काठमाडौंमा जारी प्रधानमन्त्री कप टी२० महिला क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । 

सोमबार भएको दोस्रो क्वालीफायरमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै कोसीले फाइनलमा एपीएफसँगको भेट पक्का गरेको हो । यसअघि एपीएफ पहिलो क्वालिफायरमा कोशीलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।

सुदूरपश्चिम प्रदेशले एलिमिनेटर राउन्डमा बागमति प्रदेशलाई स्तब्ध बनाउँदै दोस्रो क्वालिफायरमा स्थान बनाए पनि फाइनलमा पुग्न असफल रह्यो । 

कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले ७ विकेट गुमाएर ८८ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको कोशी प्रदेशले १३ ओभरमा  मात्र १ विकेट गुमाएर लक्ष्य भेट्टायो । 

सुदूरपश्चिमका लागि सम्झना खड्काले सर्वाधिक २५ रन जोडिन् । त्यस्तै,  विन्दू रावलले १७ रन, कविता जोशीले १५ रन,  रुविन पोद्दार र अनु कडायतले समान ७–७ रन बनाए ।

केशीका लागि संगिता राईले सर्वाधिक २ विकेट लिँदा सबनम राई, निशा शाह र एलिशा खडियाले १–१ विकेट लिए ।

८९ रनको सामान्य लक्ष्य पछ्याएको कोशीले उत्कृष्ट सुरुआत गरेको थियो । पहिलो विकेटको रुपमा कप्तान रुविना क्षत्री र काजल श्रेष्ठको बिचमा ५९ रनको साझेदारी गरेका थिए । रुविना ३७ रन बनाएर आउट हुँदा अन्त्यमा काजल श्रेष्ठले ३८ तथा अप्सरी बेगमले १२ रनको नटआउट पारि खेले । 

सुदूरपश्चिम प्रदेशका लागि लक्ष्मी साउदले १ विकेट लिइन् ।

Skip This
Skip This
Logo