एन्फाको आपतकालिन बैठक स्थगित

एन्फाको आपतकालिन बैठक स्थगित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
वरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्वाङ्ग अनुपस्थित रहेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) को आपतकालिन समितिको बैठक स्थगित भएको छ ।

एन्फाले मानार्थ अध्यक्षसहितको विषयमा निर्णय गर्न दिउँसो १ बजे आपतकालिन बैठक बोलाएको थियो । तर वरिष्ठ उपाध्यक्ष नेम्वाङ्गले स्वास्थ्यको कारण देखाउँदै बैठकमा आउन नसक्ने बताएसंगै आपतकालिन बैठक स्थगित गरिएको एन्फाका एक पदाधिकारीले बताए ।

आपतकालिन बैठकका कुनैपनि सदस्य अनुपस्थित रहेको खण्डमा बैठकको निर्णयले बैधता नपाउने एन्फा विधानमा उल्लेख छ । सोही अनुसार समिति सदस्य रहेका वरिष्ठ उपाध्यक्ष नेम्वाङ्ग बैठकमा नआएपछि आपतकालिन बैठक स्थगित भएको हो ।

एन्फाले महत्वपूर्ण विषयमा निर्णय गर्न आपतकालिन बैठक बोलाएको थियो । एन्फाको मानार्थ अध्यक्ष पुर्नस्थापना गर्नेदेखि भक्तपुर जिल्ला फुटबल संघलाई कारबाही गर्नेसम्मका विषयमा निर्णय गर्न एन्फाले आपतकालिन बैठक बोलाएको हो । तर एन्फा नेतृत्वसँग पछिल्लो समय बिमती राख्दै आएका नेम्बाङ्ग अनुपस्थित रहेपछि आपतकालिन बैठक समेत स्थगित भएको छ ।

एन्फाको आपतकालिन समितिमा अध्यक्ष कर्माछिरिङ शेर्पा सहित चार उपाध्यक्ष रहेका छन् । विधानले ५ सदस्यीय आपतकालिन समितिको व्यवस्था गरेको छ । विधानमा आपतकालिन समितिको बैठकबाट निर्णय गर्न सबै सदस्यको उपस्थिती अनिवार्य गरिएको छ ।

Skip This
Skip This
Logo