पिएम कप : आर्मी र पुलिस ब्याटिङ गर्दै

पिएम कप : आर्मी र पुलिस ब्याटिङ गर्दै

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टिम पुलिसविरुद्ध बागमतीले फिल्डिङ गर्ने भएको छ। बागमतीका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर फिल्डिङ रोज्दै पुलिसलाई ब्याटिङ्गको निम्तो दिएका छन्। अहिले पुलिस क्लबले ब्याटिङ गरिरहेकाे छ ।

साथै अर्काे खेलमा कर्णाली प्रदेशविरुद्ध विभागीय टिम आर्मीले ब्याटिङ्ग गर्ने निर्णय गरेको छ। काठमाडौंको मुलपानी क्रिकेट मैदानमा टस जितेर आर्मीका कप्तान बिनोद भण्डारीले ब्याटिङ्ग गर्ने निर्णय गरेका छन् । आर्मी लगातार दोस्रो जित निकाल्दै लक्ष्य सहित मैदान उत्रिएको छ।

पछिल्लो अपडेट अनुसार आर्मीले २२ रन बनाउदा १ विकेट गुमाएकाे छ भने  पुलिस १ विकेटकाे क्षतिमा ३२ रन बनाएकाे छ ।

Logo