नेर्पा भुलभुले फुटबलको उपाधि दोर्पा चिउरीडाँडालाई

नेर्पा भुलभुले फुटबलको उपाधि दोर्पा चिउरीडाँडालाई

केन्द्रबिन्दु
0
Shares

‘नेप्रा भुलभुले पुरुष फुटबल’ प्रतियोगिताको दोस्रो संस्करणको उपाधि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा चिउरीडाँडाले जितेको छ।

दिक्तेल रूपाकोट मझुवागढी-६ मा शनिबार सम्पन्न फाइनल खेलमा नेप्रा स्पोर्टस् क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै दोर्पा चिउरीडाँडाले उपाधि हात पारेको हो। 

उपाधिसँगै दोर्पा चिउरीडाँडाले एक लाख ५० हजार तथा उपविजेता नेप्रा स्पोर्टस क्लबले ७५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ। दोर्पाचिउरीडाँडाका लागि दुवै गोल बिजु भुजेलले गरे। यस्तै नेप्रा स्पोर्टस् क्लबका लागि सुरज राईले गोल गरेका थिए।

प्रतियोगितामा सेमिफाइन खेलेका रतन्छा र दोर्पाबुवालुङ टोलीलाई २५-२५ हजार रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। प्रतियोगितामा दोर्पाचिउरीडाँडाका बिजु भुजेलल सर्वोत्कृष्ट खेलाडी घोषित भए। उत्कृष्ट प्रशिक्षक दोर्पाचिउरीडाँडाकै दिपेश राई चुनिए।

विजेतालाई सांसद रामकुमार राई, संविधानसभा सदस्य दुर्गाजयन्ती राई, जिल्ला फुटबल स‌ंघका अध्यक्ष ध्रुवविक्रम राईलगायतले पुरस्कार वितरण गरेका थिए। यही पुस २२ गते शुरु भएको  प्रतियोगितामा १८ टोली सहभागी भएको आयोजक संस्थाले जनाएको छ।

Logo