अफ्रिका कप अफ नेशन्समा सेनेगल विजयी

अफ्रिका कप अफ नेशन्समा सेनेगल विजयी

केन्द्रबिन्दु
0
Shares

अफ्रिका कप अफ नेशसन्स फुटबलमा साडियो मानेको टिम सेनेगलले विजयी सुरुआत गरेको छ। सेनेगलले गाम्बियालाई ३–० गोल अन्तरले पराजित गरेको हो। 

गाम्बियाविरुद्ध सुरुदेखि नै हावी भएको सेनगलले चौथो मिनेटमा अग्रता लिएको थियो। सेनेगलका लागि पेपे गुएले मानेको पासमा गोल गर्दै अग्रता दिलाएका थिए। पहिलो हाफको अतिरिक्त आठौं मिनेटमा एबु एडम्स रातो कार्ड पाउँदै मैदान छाडेपछि गाम्बिया १० खेलाडीमा झरेको थियो।

५२ औं मिनेटमा लामिने कामराले इसमला सारको पासमा गोल गरेपछि अग्रता दोब्बर भएको थियो। कामराले व्यक्तिगत दोस्रो गोल ८६ औं मिनेटमा गरेका थिए। 

सेनेगलले गाम्बियाविरुद्ध बल पोसेसन ६० प्रतिशत राखेको थियो। जितसँगै सेनेगलले समूह सीमा स्पष्ट ३ अंक बनाएको छ। यही समूहमा क्यामरुन र गुएना पनि रहेका छन्।

Skip This
Skip This
Logo