एएफसी एशिया कपमा भारत पराजित

एएफसी एशिया कपमा भारत पराजित

केन्द्रबिन्दु
0
Shares

एएफसी एशिया कप फुटबलमा भारत पराजित भएको छ। बिहीबार राति भएको खेलमा भारत उज्वेकिस्तानसँग ३–० गोल अन्तरले पराजित भएको हो।

भारतविरुद्ध फिफा वरियतामा धेरै माथि रहेको उज्वेकिस्तानले पहिलो हाफमै ३ गोल गरेको हो। दोस्रो हाफमा भने खेल प्रतिस्पर्धात्मक भए पनि गोल निस्किएन। उज्वेकिस्तानले चौथो मिनेटमै अग्रता लिएको थियो। उसका लागि उब्बोस्बेक फेजुल्लेबले गोल गरेका थिए। इगोर सेरभेभले १८ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए।

पहिलो हाफको अतिरिक्त चौथो मिनेटमा शेरजोद नसरुल्लाएवले गोल गरेपछि उज्वेकिस्तान पहिलो हाफमै ३–० को सहज अवस्थामा पुगेको थियो।

समूह बीबाट अस्ट्रेलिया शीर्ष स्थानमा रहँदै एक खेल अगावै अन्तिम १६ मा प्रवेश गरेको छ। अस्ट्रेलियाले सिरियालाई पराजित गरेको थियो। यसैगरी उज्वेकिस्तान ४ अंकका साथ दोस्रो स्थानमा रहेको छ। सिरिया १ अंकका साथ तेस्रो स्थानमा रहँदा भारत भने लगातार दोस्रो हार व्यहोर्दै अंक विहीन अवस्थामा पुछारमा रहेको छ।

Logo