फिफा वरियतामा नेपाल यथावत्

फिफा वरियतामा नेपाल यथावत्

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
विश्व फुटबल महासङ्घ (फिफा) को नयाँ वरियतामा नेपाल यथावत रहन सफल भएको छ । फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७० औँ स्थानमा रहेको हो ।

गत महिना पनि नेपाल १७० औँ स्थानमै रहेको थियो । नेपाल दक्षिण एशियाली राष्ट्रमा भने तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अगाडि भारत र माल्दिभ्स छन् । भारत १०८ औँ स्थानमा रहेको छ भने माल्दिभ्स १५५ औँ स्थानमा छ ।

त्यसैगरी नेपालभन्दा तल भूटान, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तान रहेका छन् । भूटान १८९ औँ स्थानमा रहँदा बंगलादेश १८७ औँ, श्रीलङ्का २०६ औँ तथा पाकिस्तान २०० औँ स्थानमा रहेको छ । नयाँ वरियताको शीर्ष स्थानमा भने बेल्जियम रहेको छ । त्यसैगरी फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इंग्ल्यान्ड चौथो र उरुग्वे पाँचौं स्थानमा छ ।

त्यस्तै क्रोएसिया छैटौँ, पोर्चुगल सातौँ, स्पेन आठौँ, अर्जेन्टिना नवौं र कोलम्बिया दशौँ स्थानमा रहेका छन् । पछिल्लो समय महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वभर फुटबलका गतिविधि ठप्प भएको कारण वरियतामा खासै परिवर्तन भएको छैन ।

Skip This
Skip This
Logo