फुटवलर आन्द्रे रिनाल्दीको निधन

फुटवलर आन्द्रे रिनाल्दीको निधन

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । इटालीयन सिरी ए क्लब एट्लान्टाला आन्द्रे रिनाल्दीको १९ वर्षको उमेरमा निधन भएको छ । रिनाल्दीको ब्रेन एन्यूरिज्मको कारण सोमबार निधन भएको हो ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि इटालीयन सरकारले गरेको लकडाउनका कारण घरमै ट्रेनिङ गरिरहँदा उनको ब्रेन एन्यूरिज्म भएको जनाइएकाे छ ।

युवा खेलाडी रिनाल्दी यस सिजन लेग्नानोबाट लोनमा खेलिरहेका थिए । रिनाल्दी १३ वर्षको उमेरबाट एट्लान्टामा रहेका थिए । उनले यू–१७ लिग र सुपर कप जितेका थिए ।

Skip This
Skip This
Logo