फ्रेन्च सुपर कपकाे उपाधि पिएसजीलाई

फ्रेन्च सुपर कपकाे उपाधि पिएसजीलाई

केन्द्रबिन्दु
0
Shares

फ्रेन्च सुपर कपकाे फाइनलमा मार्सेइलाई पराजित गर्दै पेरिस सेन्ट जर्मेन (पिएसजी) ले कीर्तिमानी १० औं पटक फ्रेन्च सुपर कपकाे उपाधि आफ्नो कब्जामा राखेकाे छ ।

पिएसजीको लागि खेलको ३९ औं मिनेटमा इकार्डीले पहिलो गोल गरेका थिए । पहिलो हाफ १-० गोलकाे अन्तरमा सकिएकाे थियो ।

दाेस्राे हाफकाे ८५ औं मिनेटमा नेयमारले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । गोलरक्षक योहान पेलेले पेनाल्टी क्षेत्रभित्र इकार्डीलाई लडाएपछि पिएसजीले पेनाल्टी पाएको थियो । दोस्रो हाफमा एन्जल डी मारियाको स्थानमा मैदान छिरेका नेयमारले कुनै गल्ति नगरी पेनाल्टीमार्फत गोल गर्न सफल रहे ।

मार्सेइले अन्तिम समयमा सान्त्वना गोल फर्काएका थिए । तर उक्त गोल जितका लागि पर्यप्त नहुँदा पिएसजीले आफ्नो १० पटक उपाधि रक्षा गरेकाे हाे ।

Logo