काठमाडौं ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–ट्वान्टी वरीयतामा नेपाल यथावत स्थानमा रहन सफल भएको छ ।
आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत रहेको हो । नयाँ वरीयतामा नेपाल १५ औं स्थानमा रहेको छ । यसअघि पनि नेपाल १५ औं स्थानमै रहेको थियो ।
टी–ट्वान्टीमा लगातार खराब प्रदर्शन गर्दै आएका कारण नेपाल गत महिना ३ स्थान तल झरेको थियो । नेपाल एकदिवसीय वरीयतामा १६ औं स्थानमा रहेको छ ।
टी–ट्वान्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान रहेको छ । यस्तै अष्ट्रेलिया दोस्रो, इंग्ल्यान्ड तेस्रो, भारत चौंथो र दक्षिण अफ्रिका पाँचौ स्थानमा रहेका छन् । नेपालको टी–ट्वान्टीमा ११ औं स्थान सर्वाधिक उच्च वरीयता हो ।































प्रतिक्रिया