काठमाडौं ।
कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट स्पेनमा एक जना फुटबल प्रशिक्षकको मृत्यु भएको छ ।
विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोनाको प्रकोपबाट स्पेनमा २१ बर्षिया फुटबल प्रशिक्षक फ्रान्सिस्को गार्सियाको मृत्यु भएको हो । गार्सियाले मालागा अवस्थित एट्लेटिको पोर्टाडा अल्टा क्लबको जुनियर टिमलाई प्रशिक्षण दिईरहेका थिए ।
भाइरसको गम्भिर लक्षण देखिएपछि उनलाई अस्पतालमा लगिएको थियो । अस्पतालमा लग्ने बित्तिकै चिकित्सकले उनमा ब्लड क्यान्सर भएको पत्ता लगाएका थिए । चिकित्सकले ब्लड क्यान्सर नभएको भए उनलाई बचाउन सकिने बताए । स्पेनले पछिल्लो हप्ता आपतकालिन अवस्थाको घोषणा गरेको थियो । युरोपेली देशमा स्पेन कोरोनाबाट प्रभावित दोस्रो राष्ट्र हो ।
कोरोनाबाट अहिलेसम्म स्पेनमा ३४२ जनाको मृत्यु भएको छ भने ९ हजार ९४२ जनामा संक्रमण देखिएको छ ।





























प्रतिक्रिया